News Portal

  • एकको नानी ४ जनालाई दृष्टि

    २३३ पटक

    काठमाडौं । नेपालमै पहिलो पटक एक व्यक्तिको आँखाको नानीबाट ४ जनालाई दृष्टि दिन सकिने प्रविधि भित्रिएको छ ।

    तिलगंगा आँखा प्रतिष्ठानमा यो प्रविधिबाट अहिलेसम्म १५ जनाको आँखाको नानी ६० जनामा प्रत्यारोपण गरिएको प्रतिष्ठानका आँखा बैंक व्यवस्थापक शंखनारायण त्वायनाले जानकारी दिए ।

    यो प्रविधिबाट एक व्यक्तिका दुइटा आँखाले ४ जनालाई दृष्टि दिन सकिने उनले बताए । यो प्रविधि नआउँदासम्म एक व्यक्तिको आँखा २ जनामा मात्रै प्रत्यारोपण गर्न सकिन्थ्यो ।

    प्रविधिले समस्या भएको भागमा आवश्यक परेको भाग मात्रै प्रत्यारोपण गर्न सकिने व्यवस्थापक त्वायनाले बताए । २०५१ सालमा पहिलो पटक नेपालमा नै आँखा नानी निकालेर २ व्यक्तिमा प्रत्यारोपण गरिएको थियो ।

    यो २५ वर्षमा झण्डै १५ हजार दृष्टिविहीनले दृष्टि पाइसकेका तिलगंगा अस्पतालले जनाएको छ । यस्तै अहिलेसम्म ८० हजार जनाले आँखा दानका लागि मन्जुरी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्