News Portal

आज मधुमेह दिवस, अल्का अस्पतालको नि : शुल्क स्वास्थ्य शिविर

२४३ पटक

काठमाडौं । अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरमा आज (विहिबार) निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

बिहान साढे ९ बजेबाट सुरु भएको शिविर अपरान्ह ४ बजेसम्म चल्नेछ । अस्पताल र काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरको संयुक्त आयोजनामा शिविर संचालन भएको हो ।

शिविरको मुख्य विशेषता भनेको र्याण्डम ब्लड सुगर, एचबीएवान सी, ७ दिनदेखि १० दिन सम्मका लागि निशुल्क औषधि बितरण र २८ दिनभित्र एक पल्ट निःशुल्क फलोअप हो । शिविर आयोजना अघि अल्का अस्पतालले सचेतनामुलुक र्याली निकालेको छ ।

र्याली अल्का अस्पतालबाट जावलाखेल चोक हुदै कुमारीपाटी, लगनखेल, मंगलबजार, पुल्चोक हुदैँ पुन अस्पताल परिसरमा टुंगिएको थियो ।

प्रतिकृया दिनुहोस्