News Portal

  • पेस्तोलसहित २ जना पक्राउ

    १६५ पटक

    काठमाडौं । इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका-१२ धनोवरीका ३७ वर्षिय मधुकर केसी र सल्यान रिम गाउँपालिका-५ का ३३ वर्षिय नारायण बुढाथोकी रहेका छन् ।

    उनीहरुलाई राप्ती नगरपालिका-६ हर्दीबाट आज बिहान २ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । बा ८५ प ८०८४ नं.को मोटरसाइकलमा आएका उनीहरु शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले जाँच गर्दा मेड इन युएसए लेखिएको पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्