News Portal

  • धरान उपमहानगरको मेयरका लागि २२ जनाको मनोनयन दर्ता

    १९१ पटक

    सुनसरी । मंसिर १४ गते हुने उपनिर्वाचनको लागि बुधबार स्थानीय तहतर्फ ४८ पदका लागि उम्मेदवारी मनोनयन सम्पन्न भएको छ ।

    जसअन्तर्गत धरान उपमहानगर पालिकाको मेयर पदका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी मनोनयन गरेका छन् ।

    जसमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस संघीय समाजवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मुक्ति मोर्चा, राप्रपा, राप्रपा संयुक्त लगायतका उम्मेदवारले उम्मेदवारी मनोनयन गरेका हुन् । २२ मध्ये ११ जना स्वतन्त्रत छन् ।

    धरानको मेयरका लागि काँग्रेसका तिलक राई र नेकपाका प्रकाश राईले उम्मेदवारी मनोनयन गराएका छन् । नेकपाका प्रकाश र काँग्रेसका लागि तिलकबीच मुख्य प्रतिश्पर्धा हुने मतदाताहरु बताउ छन् ।

    यसअघि धरानको मेयरमा नेकपाबाट तारा सुव्वा निर्वाचित भएका थिए । उनको निधनपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरूको उम्मेदवारी मनोनयनका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्मको समय तोकेको थियो ।

    प्रतिकृया दिनुहोस्