News Portal

  • अवकाश प्राप्त मेजरले चलाए गोली, वकिलसहित २ जनाको हत्या

    २०२ पटक

    काठमाडौं । पुलिसका एक अवकाश प्राप्त मेजर जनरलले भनाभनपछि मंगलबार थाइल्याण्डको अदालत परिसरभित्रै थुप्रै राउन्ड गोली चलाएका छन् ।

    घटनामा देशकै चर्चित वकिल र उनका सहयोगीको मृत्यु भएको छ । मेजर १० वर्ष पुरानो जमिन विवादको निर्णयका लागि अदालत पुगेका थिए ।
    घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । गोलीकाण्डपछि अदालतको सुरक्षामा तैनाथ सुरक्षाकर्मीले गोली चलाउने मेजर जनरलको हत्या गरेका छन् ।

    थाई रथ पत्रिकाका अनुसार न्यायाधीस आउनु अघि नै बिहान करिब ९ बजे मेजर जनरल थानिन चंत्रातिप (६७ वर्ष) र उनका विरोधी पक्षका मानिसहरु अदालतमा उपस्थित थिए । दुई पक्ष १५ सय एकडको १० वर्ष पुरानो विवादित जमिनको फैसलाको प्रतिक्षा गरिरहेका थिए । कोर्ट रुममा जनरल चंत्रातिप र वकिल प्लेनटिफबीच भनाभन सुरु भयो ।

    अटोर्नीकी श्रीमती र अन्य दुई-तीन जना पनि झगडामा समावेश भए । विवादको क्रममा जनरलले वकिल र उनका साथीमाथि थुप्रै राउन्ड गोली चलाए । प्लेनटिफ र उनको सहयोगीको घटनास्थलमा नै मृृत्यु भयो भने वकिलकी श्रीमती र अर्का वकिल पनि घाइते भए ।

    प्रतिकृया दिनुहोस्