News Portal

  • बोलिभियाकी विपक्षी सांसद जेनीले स्वयंलाई गरिन् राष्ट्रपति घोषणा

    ४२० पटक

    काठमाडौं । बोलिभियाकी विपक्षी सांसद जेनी एनेजले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेकी छिन् ।

    दक्षिण अमेरिकी देश बोलिभियामा राजनीतिक तनाव चुलिँदै जाँदा राष्ट्रपति इभो मोरालेसले गत आइतबार पदबाट राजीनामा गरेका थिए ।

    उनले आफैँलाई राष्ट्रपति घोषणा गर्दै गर्दा मोरालेसका पार्टीका सांसदहरूले सदन बहिस्कार गरेका थिए । जेनीले आफ्नो नियुक्ति संवैधानिक रहेको दावी गर्दै छिट्टै चुनाव गराउने वाचासमेत गरिन् । मोरालेसले जेनीको नियुक्तिलाई ‘दक्षिणपन्थी विपक्षीको कु’ भनी टिप्पणी गरेका छन् ।

    आफ्नो ज्यान खतरामा रहेको भन्दै आइतबार राजीनामा दिएका मोरालेसले लगत्तै मेक्सिकोमा शरण लिए । उनको राजीनामाअघि विवादास्पद राष्ट्रपतीय निर्वाचनलाई लिएर बोलिभियामा एक साता लामो विरोध प्रदर्शन भएको थियो ।

    ‘रक्तपातको सम्भावना टाल्न’ राजीनामा दिएको मोरालेसको जिकिर छ । जेनी कसरी राष्ट्रपति बनिन् ? मंगलबारको सिनेट बैठकमा हावी भएकी जेनीले आफूलाई राष्ट्रपतिको दावेदारको रुपमा प्रस्तुत गरिन् ।

    उनले भनिन्, ‘राष्ट्रपति र उपराष्ट्रपति पदको रिक्तता कायम हुनुपूर्व, संविधानको मर्मअनुरुप म राष्ट्रपति पद ग्रहण गर्दछु ।’ यस्तो घोषणा गरिरहँदा जेनीका दलका सांसदहरुले ताली बजाएर स्वागत गरे । मोरालेसका पार्टीका सांसदहरुले उनको कदमलाई अवैधानिक भन्दै बैठक बहिस्कार गरे ।

    बोलिभियाको संवैधानिक अदालतले जेनीको घोषणलाई समर्थन गरेको छ । मेक्सिकोमा रहेका मोलालेसले ट्वीट् गर्दै भनेका छन्, ‘यो इतिहासकै डरलाग्दो र खतरनाक कु हो ।’

    प्रतिकृया दिनुहोस्