News Portal

एसिया कपको ट्रफी सार्वजनिक

२१६ पटक

काठमाडौं । एसीसी इमर्जिङ एसिया कप क्रिकेटको ट्रफी सार्वजनिक भएको छ ।

बंगलादेशमा बिहिबारदेखि हुने प्रतियोगिताका लागि ८ राष्ट्र सहभागी छन् । प्रतियोगिताका लागि नेपाली टिम बंगलादेश पुगेको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टिममा निर्वतमान कप्तान पारस खड्का र सन्दीप लामिछाने छैनन् । पारस र सन्दीप टी-१० क्रिकेट खेल्न युएईमा रहेका छन् ।

यसका साथै टिममा कुशल भुर्तेलले पहिलो पटक स्थान बनाएका छन् । प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतिकृया दिनुहोस्