News Portal

  • संवैधानिक परिषदको बैठक बस्दै

    १९७ पटक

    काठमाडौं । संवैधानिक परिषदको बैठक बस्दैछ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्ने परिषद सदस्य एवं राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

    बैठकमा रिक्त रहेका विभिन्न संवैधानिक आयोगका पदाधिकारी नियुक्तिबारे छलफल हुने उनले बताए । संविधानमा व्यवस्था भएअनुरूप आदिवासी जनजाति, मधेसी, महिला, दलित, थारू, समावेशी र मुस्लिम आयोगमा पदाधिकारी नियुक्त हुन बाँकी छ ।

    मधेसी, थारू र मुस्लिम आयोगका लागि अध्यक्ष नियुक्त भए पनि सदस्यहरू अझै नियुक्त भएका छैनन् । समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएपछि यो पद रिक्त रहेको छ ।

    प्रतिकृया दिनुहोस्