News Portal

बालविवाहको आरोपमा एक जना पक्राउ

१३४ पटक

उदयपुर । बालविवाह गरेको आरोपमा कटारी नगरपालिकाका एक व्यक्ति पक्राउ परेका छन् ।

१४ वर्षिय किशोरीलाई ललाई फकाई विवाहका लागि भगाएको आरोपमा २० वर्षिय सरोज गिरीलाई प्रहरीले पक्राउ गरेको हो । किशोरीका आफन्तले बालविवाह गरेको किटानी जाहेरी दिएको आधारमा गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय कटारीले बताए ।

१० दिनअघि किशोरीलाई भगाएर विवाह गरेको गिरीमाथि आरोेप छ । गिरीलाई मंगलबार म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्