News Portal

  • मोटरसाईलले ठक्कर दिंदा एक जनाको मुत्यु

    १३९ पटक

    कैलाली । मोटरसाईलले ठक्कर दिंदा दुर्घटनामा परि मंगलबार एक जनाको मुत्यु भएको छ ।

    दुर्घटनामा घोडाघोडी नगरपालिका १ सुख्खडका ७७ वर्षिया जीत बहादुर बमको मुत्यु भएको हो । पुर्वबाट पश्चिम गईरहेको प्रदेश नं.२, २०३००२ प ८०६० नं.को मोटरसाईकलले सुखड बजारमा बाटो काट्ने क्रममा उनलाई ठक्कर दिएको थियो ।

    दुर्घटनापछि उपचारका लागि नेपालगन्ज लगेको भए पनि उपचार सम्भाव नभएपछि भारतको लखनउ लैजाने क्रममा बाटोमा मुत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाईल चालक बर्दगोरिया गाउँपालिका १ बौनियाका पारष परियार प्रहरी नियन्त्रणमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्