News Portal

आज नेपाल र माल्दिभ्स भिड्दै

३०५ पटक

काठमाडौं । आज नेपाल र माल्दिभ्स एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा भिड्दै छन् ।

एक खेल अगावै फाइनल पुगेका दुवै टोलीले समुह चरणको अन्तिम खेलमा भिड्न लागेका हुन् । खेल स्थानीय समयअनुसार पौने २ बजे सुरु हुनेछ ।
३ खेलमा प्रभावशाली जित निकालेको नेपाल बलियो प्रतिद्वन्दीका रुपमा रहेको माल्दिभ्ससँग खेल्न लागेको हो । नेपालले सुरुवाती खेलमा अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेको छ ।

राउण्ड रोबिन लिगको आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । यसअघि हिजो भएको बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल एक खेल अगाबै उपाधि नजिक पुगेको हो ।

शहीद सुहरावर्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशलाई २५-७, २५-६ र २५-६ को सेटले पराजित गरेको हो ।

प्रतिकृया दिनुहोस्