News Portal

३ लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ

२८४ पटक

काठमाडौं । नेपाल प्रहरीले नागार्जुनबाट ३ लाख ६० हजार नगदसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका-३ इचङ्गुनारायणमा कौडा खेलिरहेको अवस्थामा मङ्गलबार राति पक्राउ गरेको हो ।

वृत्त प्रहरीका अनुसार ठूलो रकम हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकासँग ३ लाख ६० हजार नगद र १६ थान कौडा बरामद गरेको वृत्तले जनाएको छ ।

प्रतिकृया दिनुहोस्