News Portal

सामा चकेवा पर्वको संरक्षण संवद्र्धन गर्न सामाको प्रदर्शन

२४५ पटक

जनकपुरधाम । मिथिला नाट्यकला परिषद (मिनाप)ले जनकपुरधाममा लोप हुँदै गइरहेको मिथिलाञ्चलको सामा चकेवा पर्वको संरक्षण संवद्र्धन गर्ने उद्देश्यले सामाको प्रदर्शन गरेको छ ।

सामा चकेवा पर्वको सामाजिक, सांस्कृतिक तथा परम्परागत महत्वलाई उजागर गर्ने उद्देश्यले मिनापले सामा प्रदर्शन गरेको हो । एक दिवसीय सामा महोत्सवमा कलाकार विजय दत्त मणिले बनाएको सामा पर्वसँग सम्बन्धित मूर्तिहरु राखिएका छन् ।

राम चोकमा आयोजित सो महोत्सवको उदघाटन जनकपुरधाम उपमहाननगरपालिकाका प्रमुख लालकिशोर साह र उपप्रमुख रिता मिश्रले संयुक्त रुपमा गरे । सामा पर्वमा चुगला पात्रको जुंगालाई डढाउने परम्परा रहेकोले संयुक्त रुपमा चुगला पात्रको जुंगा डढाएर महोत्सवको उदघाटन गरे ।

सामा पर्वको महत्वमाथि चर्चा गर्दै मैथिलीका साहित्यकार एवं वरिष्ठ पत्रकार रामभरोष कापडीले यस प्रकारको महोत्सव गर्नु सराहनीय रहेपनि यी पर्वहरुको मौलिकतासँग खेलवाड गर्न नहुनेमा जोड दिए ।

प्रतिकृया दिनुहोस्