News Portal

  • आर्थिक विकासमा केन्द्रित नहुने वित्तिय संस्थालाई कडा कार्वाही हुने

    २४१ पटक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक विकासमा केन्द्रित नहुने बैंक तथा वित्तिय संस्थाहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।

    नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थालाई निजी उद्योगको रुपमा संचालन गर्न खोजे राष्ट्र बैंकले कडा कार्वाही गर्ने चेतावनी दिए ।

    उनले जनताको पैसा उठाएर संचालनमा आएका बैंक तथा वित्तिय संस्था निजी नहुने भएकाले उनीहरुले मुलुकको समृद्धिका लागि आफूसँग संकलन भएको निक्षेप परिचालन गर्नुपर्ने बताए ।

    उनले जनताको पैसा नडुबोस भनेर समस्याग्रस्त बैंक तथा वित्तिय संस्था संस्थाहरुलाई पुन : संचालन गर्ने अवसर प्रदान गरिएको पनि स्मरण गराए ।

    काठमाडौं समृद्धि फाईनान्स कम्पनी लिमिटेडको उदघाटन गर्दै उनले जनताको पैसा लिएका बैंक तथा वित्तिय संस्थाहरुलाई आफ्नो निजी उद्योगको जसरी जभाभावी लगानी गर्न दिन नसकिने पनि बताए ।

    उनले बैंक तथा वित्तिय संस्थाहरु विश्वमा कहीँ पनि निजी नहुने भएकाले त्यसले नेपाल राष्ट्र बैंकको नीति, निर्देशनको पालना गरेर अघि बढनुको विकल्प नरहेको दोहो¥याए ।

    प्रतिकृया दिनुहोस्