News Portal

  • लेक लागेर फ्रान्सेली नागरिक लुइसको मृत्यु

    १५१ पटक

    सोलुखुम्बु । नेपाल भ्रमणमा आएका फ्रान्सेली नागरिकको लेक लागेर मृत्यु भएको छ ।

    इलाका प्रहरी कार्यालय नाम्चेका अनुसार कात्र्तिक १८ गते सोलुखुम्बु पुगी खुम्बु पासाङल्हामु गाउँपालिका-४ मा रहेको चो यु भ्यु लज एन्ड रेष्टुरेण्टमा बास बसेका २८ वर्षिय फ्रान्सेली नागरिकको मृत्यु भएको छ ।

    मार्रोन गेटान लुइस नाम गरेका उनको लेक लागेर बिरामी भई स्थानीय प्राथामिक उपचार केन्द्रमा उपचार गर्ने क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरी शवलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

    प्रतिकृया दिनुहोस्