
काठमाडौं । हत्या अभियोग लागेका नेपाली काँग्रेसका सांसद मोहम्मद अफताव आलमको प्रतिबादीको तर्फबाट बहस सुरु भएको छ ।
थुनछेक बहस गर्न बाँकी रहेका २ जनाले थुनछेक बहस नगरेपछि आजबाट प्रतिबादीको तर्फबाट बहस सुरु भएको हो ।
कानुन व्यावसायी शेरबहादुर केसीलगायत ३१ जना कानुन व्यावसायीहरुले बहस गर्न वकालत नामा पेश गरेका छन् । रौतहट जिल्ला अदालतले ३ दिन लगाएर आलमसँग बयान लिएपछि बिहीबारबाट थुनछेक बहस थालिएको थियो ।
शुक्रबार सरकारी वकिलको तर्फबाट २ जना र प्रतिवादीका तर्फबाट ७ जनाले बहस गरेका थिए । आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । बाँकी १० जना भने फरार छन् ।
उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटन गरी ३ वटा मुद्दा दायर छ ।
