
सुखड । कैलालीको घोडाघोडी नगरपालिका-४ सिमथरीमा सडकको छेउमा राखि रहेको काक्रेविहार यातायातको ना ४ ख ७३५० नं.को बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ ।
केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्किङ्ग गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दैलेखका धनराज शाहीको नाममा रहेको सो बस उनका छोराले मासिक भाडा उठाउँदै आएको जानकारी प्राप्त भएको प्रहरीको भनाइ छ ।
