News Portal

  • भीरबाट लडेर महिलाको मृत्यु

    ११६ पटक

    बझाङ । घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

    बुंगल नगरपालिका ५ सट्टायकी ३४ वर्षिय अञ्जना धामीको लडेर मृत्यु भएको हो । स्थानीय बिरेखोला किलाहाल्लेको भीरबाट लडेर मृत्यु भएको उनका छिमेकी सरस्वती माविका शिक्षक जनक कुँवरले जानकारी दिए ।

    शनिबार दिउँसो एक्लै घाँस काट्न हिडेकी उनी साँझसम्म घर नफर्केपछि आफन्त र छिमेकीले खोजी गरेका थिए । शनिबार राति अबेरसम्म उनलाई कतै नभेटेपछि आइतबार बिहान पुन : खोजी गर्दा उनको शव भेटिएको मृतकका श्रीमान अक्कल धामीले बताए ।

    उनको शव भीरको खोंचमा फेला परेको धामीले बताए । उनका २ छोरा छन् । विगत पाँच वर्षयता घाँस काट्ने क्रममा बिरेखोला किलाहाल्ले भीरबाट लडेर १४ जना स्थानीयको ज्यान गइसकेको बुंगल ५ का वडा अध्यक्ष प्रयाग राज धामीले बताए ।

    प्रतिकृया दिनुहोस्