News Portal

  • नेकपा केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा

    ३३८ पटक

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीभित्रका विभिन्न केन्द्रीय निकाय गठन गरेको छ ।

    नेकपाले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिव अशोक रोकायलाई चयन गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडैल छन् ।

    लेखा परीक्षण आयोगका अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य चयन भएका छन् । केन्द्रीय सल्लाहकार कमिटी अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापालाई जिम्मेवारी दिइएको छ ।

    जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवाली रहेका छन् । ‘बाँकी सांगठानिक विषय भने पछि बस्ने सचिवालय बैठकले टुंग्याउँछ,’ उनले भने ।

    प्रतिकृया दिनुहोस्