News Portal

  • नेकपाले अछाममा जलायो भारतीय नक्सा

    २३० पटक

    धनगढी । नेपाल कम्युनिस्ट पार्टी अछामले भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सा जलाएको छ । नेपालीभूमी, लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र समेटेर भारतले नयाँ नक्सा बनाएको भन्दै उसले विरोध स्वरुप जलाएको हो ।

    भारतीय अतिक्रमणमा परेको नेपालीभूमी फिर्ता र भारतीय नयाँ नक्सा खारेजीको लागि देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेको विप्लव नेतृत्वको नेकपाले अछाममा विरोधका कार्यक्रम गरिरहेको छ । जिल्लामा मशाल जुलुस, कोणसभा गरेर भारतीय अतिक्रमणको विरोध गरिरहेको नेकपाले नक्सा पनि जलाएको छ ।
    जिल्लाका विभिन्न ठाउँहरुमा नेकपा कार्यकर्ता र स्थानीय सर्वसाधारणको सहभागितामा नक्सा जलाएका छन् ।

    नेकपाको जनपरिषद् अछाम प्रमुख निरक शाहीका अनुसार पार्टी महासचिव विप्लवले घोषणा गरेका कार्यक्रमअनुसार नेपालीभूमीको रक्षा र भारतीय नक्सा खारेजीको लागि जिल्लामा विभिन्‍न संघर्षका कार्यक्रम भइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्