
काठमाडौं । संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
भारतले नेपाली भूमि मिचेको विषयमा छलफल गर्न प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितीले सोमबार बैठक बोलाएको थियो ।
सरकारी निवास बालुवाटारमा नेकपाको सचिवालय बैठकमा सहभागी भएका ओली सिंहदरबारमा भएको समितिको बैठकमा अनुपस्थित रहे ।
उनी अनुपस्थित भएपछि उनको तर्फबाट भूमिसुधारमन्त्री पद्मा अर्यालले कुरा राखेकी छिन् । बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने उपस्थित थिए ।
गत आइतवार भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई आफ्नो क्षेत्रमा राखी नयाँ नक्सा जारी गरेपछिको अवस्थाबारे छलफल गर्न समितिले प्रधानमन्त्रीलाई बोलाएको थियो ।
