News Portal

डुम्रे कार्यालयमा लाइसेन्स नवीकरणको काम ठप्प

५७० पटक

तनहुँ । यातायात व्यवस्था सेवा कार्यालय डुम्रेमा कम्प्युटर अपरेटर अभाव भएपछि नविकरणको काम ठप्प भएको छ ।

डुम्रेमा रहेको कार्यालयलाई गण्डकी प्रदेश सरकारले भदौ २५ गते निर्णय गरी लाइसेन्स नवीकरण गर्न पाउने अधिकार प्रदान गरेको थियो ।

प्रदेश सरकारले निर्णय गरेको २ महिना बिते पनि नविकरणको काम भएको छैन । कार्यालयमा कम्प्युटर चलाउने दक्ष जनशक्ति नहुँदा नवीकरणमा समस्या भएको हो ।

कर्मचारी अभाव भएपछि नविकरण गर्न आउने सेवाग्राहीहरु पोखरा जान बाध्य छन् । तनहुँसहित गोरखा, मनाङ र लमजुङबाट सर्वसाधारणले सहज सेवा पाउन भन्ने उदेश्यले प्रदेश सरकारले डुम्रेमा कार्यालय स्थापना गरेको थियो ।

कार्यालय प्रमुख विश्वकुमार श्रेष्ठले लाइसेन्स नविकरणको काम अब छिट्टै सुरु गर्ने बताए ।

प्रतिकृया दिनुहोस्