
काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपूलले म्यान्चेस्टर सिटीलाई ३-१ ले हराएको छ ।
खेलमा लिभरपुललाई विजयी गराउन फाबिन्हो, मोहोमद सालाह र सादियो मानेले १-१ गोल गरे । सिटीका बर्नार्डो सिल्भाले एक गोल फर्काए ।
जितसँगै लिभरपुलले दोस्रो स्थानको लेष्टर सिटीसँग ८ अंकको अग्रता बनाउँदै उपाधि होड बलियो पारेको छ । १२ खेलबाट लिभरपुलको ३४ अंक भएको छ ।
समान खेलबाट २६ अंक जोडेका लेष्टर सिटी र चेल्सी क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् । चौथो स्थानको म्यान्चेस्टर सिटीको २५ अंक छ ।
प्रिमियर लिगकै अर्को खेलमा गएराती म्यान्चेस्टर युनाइटेडले ब्राइटनलाई ३-१ ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्सले एस्टन भिल्लामाथि २-१ को जित निकालेको हो ।
