News Portal

  • न्युजिल्याण्ड सुपर ओभरमा पराजित, क्रिकेट सिरिज इंग्ल्याण्डले जित्यो

    २२३ पटक

    काठमाडौं । घरेलु टिम न्युजिल्याण्डविरुद्धको ५ खेलको टी-ट्वान्टी क्रिकेट सिरिज इंग्ल्याण्डले जितेको छ ।

    आज भएको पाँचौं तथा अन्तिम टी–ट्वान्टीमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले सिरिज ३ र २ ले जितेको हो । वर्षाले खेल प्रभावित गरेपछि ११ ओभरमा झारिएको खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई जितका लागि १४७ रनको लक्ष्य दिएको थियो ।

    जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले ११ ओभरमा ७ विकेट गुमाएर १४६ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा इंग्ल्याण्डले १७ रन जोड्दै न्युजिल्याण्डलाई १८ रनको लक्ष्य दिएको थियो ।

    जवाफमा न्युजिल्याण्डले १ विकेट गुमाएर ८ रन बनायो । सुपर ओभर अघि इंग्ल्याण्डका जोनी बेयर्स्टोले सर्वाधिक ४७ रन बनाए । यस्तै साम करनले २४ तथा कप्तान इयोन मोर्गनले १७ रन बनाए ।

    जिल्याण्डका ट्रेन्ड बोल्ट, मिचेल स्यान्टनर र जेम्स निशमले समान २ र २ विकेट लिए ।
    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ११ ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन बनायो ।

    युजिल्याण्डका मार्टिन गुप्टिलले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा कोलिन मुन्रोले ४६ रन बनाए । टिम सिफार्टले ३९ रन बनाए । इंग्ल्याण्डका साम करन, टम करन, आदील राशिद र शकिब ममुदले समान १ र १ विकेट लिएका थिए ।

    प्रतिकृया दिनुहोस्