News Portal

  • ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

    १३० पटक

    महोत्तरी । ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

    शनिबार साँझ साईकलमा सवार बालकलाई जिल्ला प्रशासन कार्यालय जाने बाटोमा ट्याक्टरले ठक्कर दिएको हो ।

    जलेश्वर नगरपालिका २ का ९ वर्षिय राजकुमार साईकलमा घर जाादै गर्दा लु २ त ७६९९ नं.को ट्याक्टरले ठक्कर दिएको थियो ।

    ठक्करबाट घाइते बालकलाई उपचारको लागि जलेश्वर अस्पताल लगिएको थियो । अस्पतालमा राति चेकजाँचको व्यवस्था नभएको भन्दै डाक्टरले बालकलाई जनकपुर रेफर गरेका थिए ।

    उनलाई जनकपुर अस्पताल पुर्याउँदा पनि उपचार सम्भव नभएको भन्दै अस्पतालले धरान रेफर गरेको थियो । बालकलाई उपचारको लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बालकलाई ठक्कर दिने ट्याक्टर चालक भने फरार रहेको र खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्