News Portal

  • ओमानसँगको श्रम सझौता अन्तिम चरणमा

    १९४ पटक

    काठमाडौं । सरकारले ओमानसँगको श्रम सझौतालाई अन्तिम चरणमा पुर्याएको छ ।

    लामो समयदेखि श्रम सम्झौता गर्न खोजिएको ओमानसँग पटक पटकको छलफलपछि सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले जानकारी दिए ।

    सरकारले पछिल्लो समय नेपाली श्रमिक काम गर्न जाने मुलुकसँग सरकारीस्तरमा श्रम सम्झौता गर्ने लक्ष्य लिएको छ ।

    सोही उद्देश्यअनुसार रोजगार गन्तव्य देशसँग श्रम सम्झौताका लागि छलफल र समझदारीका लागि आवश्यक मस्यौदा आदान प्रदान गरिएको छ ।

    प्रतिकृया दिनुहोस्