News Portal

  • टेम्पोको ठक्करबाट प्रहरी गम्भीर घाइते

    १८६ पटक

    रौतहट । टेम्पोको ठक्करबाट कटहरिया बजारमा मोटरसाइकल गस्तीमा रहेका प्रमुख प्रहरी नायब निरीक्षक (सई) गम्भीर घाइते भएका छन् ।

    इलाका प्रहरी कार्यालय कटहरियाका सई श्रीनारायण पण्डित टेम्पोको ठक्करबाट गम्भीर घाइते भएका हुन् ।

    शनिवार राती ८ : ३० बजे बा ५७ प ३८३९ नं.को मोटरसाइकलमा गस्तीका लागि निस्किएका उनलाई विपरित दिशाबाट आउँदै गरेको ना २ ह ४२६९ नं.को टेम्पोले ठक्कर दिएको थियो ।

    दुुर्घटनामा परी उनको दायाँ हात भाँचिएको र अनुहारलगायत शरीरका विभिन्न ठाँउमा गम्भीर चोट लागेको छ । उनलाई कटहरियाबाट सामान्य उपचारपछि लगत्तै थप उपचारका लागि राती नै वीरगञ्ज पठाइएको छ ।

    दुर्घटनापछि भागेका टेम्पो चालक कटहरिया-५ का प्रभु साह सोनारलाई मोटरसाइकलमा पछाडी बसिरहेका अर्का प्रहरी जवानले नियन्त्रणमा लिएका छन् ।

    प्रतिकृया दिनुहोस्