News Portal

  • नेपाल प्रशासनलाई जानकारी नै नदिई भारतले नेपाली नाका बन्द गर्यो

    २९६ पटक

    कैलाली  भारतले नेपालका केही नाका एकतर्फी बन्द गरेको छ ।

    भारतले उत्तर प्रदेशसँग जोडिएका रुपन्देहीदेखि कञ्चनपुरसम्मको ७ नाका बन्द गरेको हो ।
    दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले नेपाल प्रशासनलाई औपचारिक जानकारी नदिइ नाका बन्द गरेको बताए ।

    भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर-बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले केही नाका बन्द गरिएको भारतीय अधिकारीले जनाएका छन् ।

    नेपालगञ्जको रुपडिया, बर्दिया, कैलाली र दाङलगायका नाका बन्द भएको छ । भारतीय प्रहरीले नेपालबाट कोहीलाई पनि प्रवेश गर्न दिएका छैनन् ।

    बिरामी बोकेका एम्बुलेन्सलाई मात्रै जान दिएको छ । बिहान एक्कासी नाका बन्द गरिएपछि नाकामा पुगेका नेपालीहरु अलपत्र परेका छन् ।

    प्रतिकृया दिनुहोस्