
काठमाडौं । ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा अदालतबाट रिहा भएका छन् ।
अदालतको आदेशसँगै पूर्व राष्ट्रपति लुइज इनासियो रिह भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । गत वर्ष इन्जिनियरहरुसँग घुस लिएको आरोपमा राष्ट्रपति लुइज इनासियोलाई ८ वर्षको जेल सजाय सुनाइएको थियो ।
एक अपराधिको पहिलो अपिल हराएपछि सर्वोच्च अदालतले दोषीलाई कैद आवश्यक पर्ने कानुन संसोधन गरे लगत्तै राष्ट्रपति लुइज इनासियोलाई रिहा गरिएको हो । अदालतको उक्त फैसलाले अन्य जघन्य अपराधमा जेल सजाय भोगिरहेकाहरुलाई फाइदा पुग्ने अधिकारीहरुले आशंका व्यक्त गरेका छन् ।
अदालतबाट रिहा भएलगत्तै उनले आफूमाथि लागेको आरोप गलत सावित गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । उनको रिहा लगत्तै भएको र्यालीमा हजारौं समर्थक सहभागी भएको समाचारमा जनाइएको छ ।
