News Portal

ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक जना घाइते

२९९ पटक

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६, पसाहामा शुक्रबार बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

अर्का एक जना घाइते भएका छन् । बिहान पौने ७ बजे ना ६ ख ७०६७ नं.को ट्रकले बा ८८ प ४८५३ नं.को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकसहित चालकलाई प्रहरी चौकी पथलैयाले नियन्त्रणमा लिएको छ ।

त्यस्तै धादिङको थाक्रे गाउँपालिका-७ सातकिलोमा शुक्रबार ट्रकको ठक्करबाट पैदलयात्री घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको भारतीय नं.को ट्रकले रौटहटको चपुरका २० वर्षिय सुरेन्द्र थापालाई बिहान पौने ८ बजे ठक्कर दिएको थियो ।

उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । ठक्कर दिने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्