News Portal

  • ६ लाख बराबरको काठ बरामद

    १९६ पटक

    झापा । खोलाभित्र पानीमा डुबाएर लुकाएको अवस्थामा प्रहरीले ६ लाख मूल्य बराबरको काठ बरामद गरेको छ ।

    शिवसताक्षी नगरपालिका वडा नं.१० दोमुखामा कनकाई माईखोलाको किनारमा पानीमा डुबाएर लुकाएको अवस्थामा अबैध काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    प्रहरीका अनुसार सखुवा जातको १५ थान गोलिया काठ लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले उक्त काठ बरामद गरेको हो ।

    २ सय २ क्यु फिट बराबरको सखुवा काठ बरामद गरी कानुनी प्रकृया पूरा गरी कन्काई सब डिभिजन बन कार्यालय सुरुङगा झापामा बुझाईएको छ । दोमुखा क्षेत्रबाट खोलामा बगाएर वर्षौदेखि काठ तस्करी हुँदै आएको छ ।

    रातको समयमा काठ तस्करीमा संलग्नहरु सक्रिय रहने बताइन्छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक दिनेशराज मैनालीका अनुसार पछिल्लो समय काठ तस्करीको जालोलाई प्रहरीले निस्तेज गरेको छ ।

    प्रतिकृया दिनुहोस्