News Portal

  • उपर्निवाचनका लागि कास्कीमा २१ जनाको उम्मेदवारी

    २४६ पटक

    कास्की । कास्की जिल्लाामा उपर्निवाचनका लागि २१ जनाको उम्मेदवारी परेको छ ।

    प्रमुख दल र केही स्वतन्त्र उम्मेदवारसहित उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट दिवंगत रविन्द्र अधिकारीकी श्रीमती विाद्यादेवी भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन् ।

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट खेमराज पौडेलले उम्मेदवारी दर्ता गएका छन् । त्यसैगरी समाजवादी दलबाट धर्मराज गुरुङ्ग, विवेकशील साझा पार्टीबाट रजनी केसी, साझा दलबाट जमुना शर्मा, राप्रपा संंयुत्तबाट गंगा मल्ल, संघीय लोकतान्त्रीक राष्ट्रिय पार्टीबाट गजेन्द्र सुब्बा लगायतले उम्मेदवारी दिएका छन् ।

    उम्मेदवारी दर्तासँगै प्रमुख दलहरुले घोषणासभा आयोजना गरेको थियो । सभामा नेकपाका उम्मेदवार विद्या भट्टराईले दिवंगत रविन्द्रले देखेका सपना पूरा गर्न आफू चुनावी मैदानमा आएको बताईन् ।

    प्रतिकृया दिनुहोस्