News Portal

  • पेस्तोलसहित ३ जना लुटेरा पक्राउ

    १६९ पटक

    काठमाडौं । नेपाल प्रहरीले पेस्तोल र गोलीसहित ३ जनालाई पक्राउ गरेको छ ।

    महानगरीय अपराध महाशाखाको टोलीले दक्षिणकाली नगरपालिका चोभारबाट पेस्तोल र गोलीसहित मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्कालाई पक्राउ गरेको छ ।

    प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले युएस मेड लेखेको पेस्तोल र ५ राउण्ड गोलीसहित पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिको अन्य परिचय भने खुल्न बाँकी रहेको उनले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्