News Portal

  • विरामीको मृत्युपछि सेती अस्पतालमा तनाव

    १६३ पटक

    कैलाली । गगनसिंह कुँवरको उपचारका क्रममा मृत्यु भएपछि सेती प्रादेशिक अस्पतालमा तनाव छ ।

    कैलालीको गौरीगंगा नगरपालिका वडा नं.६ का ४० वर्षिय कुँवरको उपचारका क्रममा मृत्यु भएपछि गएराती मृतकका आफन्तले विरोध जनाएका थिए ।

    बुधवार विहान ११ बजे पेट दुखेपछि भर्ना भएका उनलाई राती ८ बजे अस्पतालका डा.ले मृत घोषणा गरेका थिए । केही बेरमा २५÷३० जनाको सङख्यामा आएका मृतकका आफन्तले उपचारमा डाक्टरले लापरवाही गरेको भन्दै विरोध जनाए ।

    आज विहान ८ बजे सर्वपक्षिय बैठक बस्ने सहमतीमा विरोध रोकिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्