News Portal

  • अमेरिकाको टेक्सासमा एक जनालाई मृत्युदण्ड

    १६२ पटक

    काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा बुधबार एक गोरा अतिवादीलाई मृत्युदण्ड दिइएको छ ।

    टेक्सासको एल पासो नजिक सन् २००२ मा एक २९ वर्षिय महिलाको हत्यामा दोषी ठहरिएका ३८ वर्षिय जस्टेन हललाई मृत्युदण्ड दिइएको जेल अधिकारीले बताएका छन् ।

    अभियुक्त हलले न्यू मेक्सिको नजिकको मरुभूमिमा ती हत्या गरिएकी महिलाको शव गाडेका थिए । “आर्यन सर्कल” नामको समूह (ग्याङ) ले चलाएको लागूऔषध उत्पादन प्रयोगशालाकाबारेमा प्रहरीलाई खबर दिने धम्की दिएपछि हनले ती महिलाको हत्या गरेको सरकारी वकीलले बताएका छन् ।

    उनका वकीलहरुले मानसिक अस्वस्थताका कारण हजले ती महिलाको हत्या गरेको भन्दै माफी दिन अदालतसमक्ष पटक पटक आग्रह गरेका थिए, तर हल स्वयंले सन् २०१७ मा अदालतमा पुन : सुनुवाईका लागि आवेदन नगर्न वकीलहरुलाई आग्रह गरेका थिए ।

    संयुक्तराज्य अमेरिकामा यसै वर्ष मृत्युदण्ड दिइएका उनी १९ औं व्यक्ति हुन् र तीमध्ये आठ जनालाई टेक्सासमा मृत्युदण्ड दिइएको छ ।

    प्रतिकृया दिनुहोस्