News Portal

आलमको बयान पछि थुनछेक बहस पनि आजै

१३९ पटक

काठमाडौं । पूर्व मन्त्री तथा सांसद अफताव आलमको बयान सकिएको छ ।

राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका कांग्रेस नेता आलमको मंगलबार सुरु भएको बयान बिहीबार सकिएको हो ।

न्यायाधीश दिपक ढकालको इजलाशमा उनलाई तेस्रोदिन ५१ वटा प्रश्नहरु सोधिएको थियो । बयानमा उनलाई ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धि प्रश्न गरिएको थियो ।

अधिकांश प्रश्नको उनले इन्कारी बयान दिएका छन् । उनीमाथि आजै दिउँसो २ बजेपछि थुनछेक बहस सुरु हुने जिल्ला अदालत रौतहटले जनाएको छ ।

प्रतिकृया दिनुहोस्