News Portal

बसको ठक्करबाट एक महिलाको मृत्यु

१०२ पटक

उदयपुर । स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

चौदण्डीगढी नगरपालिका-७ पारुहाङ्ग एकेडेमी बेलटारको बसले ठक्कर दिंदा सोही नगरपालिका-८ बस्ने बर्ष ६० कि नम्रता थापाको मृत्यु भएको हो ।

विद्यार्थी बोकेको ना ४ ख ८१३४ नं.को बसले बिपरित दिशाबाट बेलटार बजार हटिया भर्न आउँदै गरेकी महिलालाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ ।

स्ट्रिङ फेल भइ बस अनियन्त्रित हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्र बेलटारमा राखिएको तर डाक्टर नहुँदा पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाइघाट लगिने बताइएको छ ।

बस चालक चौदण्डीगढी-७ का जतन श्रेष्ठ प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक बुद्धराम चौलागाइले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्