News Portal

  • नेपाली चलचित्र महोत्सव सुरु

    २८५ पटक

    वीरगन्ज । आजबाट ३ दिने नेपाली चलचित्र महोत्सव वीरगन्जमा सुरु भएको छ ।

    ‘तराई, पहाड, हिमालको उत्सव नेपाली चलचित्रको स्वर्णिम महोत्सव’ भन्ने मूलनाराका साथ सुरु भएको महोत्सवमा नेपाली र भोजपुरी भाषाका गरी ६ वटा चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

    महोत्सव शुभारम्भ पूर्व वीरगन्जमा झाँकीसहित र्याली निकालिएको छ । नेपाली भूमीमा चलचित्र निर्माण थालिएको ५३ औँ वर्ष पुगेको अबसरमा नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको महोत्सवले तराई-मधेशमा लुकेर बसेका पात्रलाई मूलधारमा ल्याउने विश्वास आयोजकले लिएको छ ।

    चलचित्र महोत्सवमा नेपाली सिने जगतका नयाँदेखि पुराना कलाकार सहभागी छन् । महोत्सवको औपचारिक उदघाटन राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्ने छिन् ।

    प्रतिकृया दिनुहोस्