News Portal

  • ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमा सार्वजनिक सुनुवाइको घोषणा

    १९४ पटक

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाअभियोगका सम्बन्धमा आगामी हप्ता पहिलो सार्वजनिक सुनुवाइ हुने भएको छ ।

    अमेरिकी कंग्रेसको डेमोक्रेट सांसदहरुले राष्ट्रपति ट्रम्पलाई पदवाट हटाउन खोज्ने अनुसन्धानमा आगामी हप्ता पहिलो सार्वजनिक सुनुवाइको घोषणा गरेको हो ।

    यसका लागि ३ जना राज्य विभाग अधिकारीहरु पहिलो साक्षीका रुपमा उपस्थित हुने छन् । हालसम्म तीनवटा मुख्य समितिकाका सदस्यहरुले उनीहरुको बयान सुनेका छन् । महाअभियोग छानविन केन्द्रले राष्ट्रपति ट्रम्पले युक्रेनलाई आफ्ना राजनीतिक प्रतिस्पर्धी जो बाइडेनविरुद्ध छानविन गर्न दबाव दिएको आरोप लगाउँदै आएको छ ।

    राष्ट्रपति ट्रम्पले भने शक्तिको दुरुपयोग नगरेको जिकिर गर्दै आएका छन् । अमेरिकी कंग्रेसले गठन गरेको छानविन समितिका सभापति एडम शिफले संचारकर्मीहरुसँग कुरा गर्दै ट्रम्प विरुद्धको महाअभियोगको प्रस्ताव बलियो बन्दै गएको दाबी गरे ।

    उनले विगत एक बर्षमा राष्ट्रपति ट्रम्पले खराव उद्देश्य पुरा गर्न राजनीतिक प्रतिस्पर्धीविरुद्ध चालेका कदमकोबारेमा खोजविन गरिरहेको बताए । यसका लागि को-को सरकारी अधिकारीहरु प्रयोग भएका थिए भन्नेबारे पनि जाँच गरिरहेको उनको भनाइ छ ।

    क्यापिटल हिलमा गरिने सुनुवाइको प्रत्यक्ष प्रशारण हुने छ । जहाँ डेमोक्रेट र रिपब्लिकन सांसदहरुले साक्षी भनिएकाहरुलाई प्रश्न गर्ने छन् । सार्वजनिक सुनुवाईमा युक्रेनका लागि अमेरिकी बहालवाला राजदूत, पूर्व राजदूत र विदेशमन्त्रालयमा कार्यरत एक अधिकारीलाई बोलाइएको छ ।

    प्रतिकृया दिनुहोस्