News Portal

  • पोखरा निर्वाचन कार्यालय नजिकै बम विस्फोट

    २४८ पटक

    काठमाडौं । दल दर्ता कार्यक्रमलाई लक्षित गर्दै पोखरामा बम बिस्फोट भएको छ ।

    पोखराको पर्यटन बसपार्कमा नजिक रहेको निर्वाचन कार्यलय छेउमा बम बिस्फोट भए पनि क्षति भने भएको छैन ।

    बम विस्फोट कसले र किन गरिएको भन्ने बुझ्न सकिएको छैन । करिब १०ः४० को समयमा विस्फोट भएको थियो । उप निर्वाचनका लागि नेकपा, काँग्रेस, विवेकशीललगायतले मनोनयन दर्ता गर्न लागेका छन् ।

    त्यसैको बिरोध गर्दै बम राखिएको हुनसक्ने प्रहरीले जनाएको छ । विस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन । विस्फोटपछि जिल्ला निर्वाचन कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ । थप विवरण आउन बाँकी छ ।

    प्रतिकृया दिनुहोस्