News Portal

  • भोलि हरिबोधनी एकादशीको सार्वजनिक बिदा

    ३२९ पटक

    काठमाडौं । २२ गते चाँगुनारायण नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ ।

    हरिबोधनी एकादशीको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने भएको हो । गत वर्ष पनि सोही दिन बिदा दिएको थियो ।

    यो वर्ष पनि निरन्तरता स्वरुप २२ गते बिदा दिएको नगरपालिकाले जनाएको छ । आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्थालगायतलाई एकादशीको दिन सार्वजनिक बिदा रहेको चाँगुनारायण नगरपालिकाले जनाएको हो ।

    सिन्धुलीको दुधौली नगरपालिकाले पनि सार्वजनिक बिदा घोषणा गरेको छ । नगरपालिकाले स्थानीय बासिन्दालाई पर्वमा सहभागी हुन अपिल गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्