News Portal

मनिकापुरले सफाइका लागि ल्यायो विद्युतिय लोडर

१२३० पटक

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालीका अन्तरगत २० नम्बर वडा कार्यालयले सरसफाई व्यवस्थापनको लागि विद्युतिय लोडर प्रयोगमा ल्याएको छ । बुधबार खरिद गरिएको तीन पाङ्ग्रे विद्युतिय लोडरलाई वडा अध्यक्ष कृष्ण कार्कीले राँजा चोकमा फोहोर उठाएर उद्घाटन गरेका छन् ।

वडा अध्यक्ष कार्कीले नेपालगञ्ज निकट भविष्यमा महानगरपालिका बनाउने दिशामा अघि बढेकोले कम खर्च र प्रभवकारी सफाइका लागि विद्युतिय लोडरको ब्यवस्थापन गरेको अनलाइन डबलीलाई बताए । प्रदेश नम्बर ६,७ र ५ को केन्द्र भागमा भएको राँजा विमानस्थल र अन्य कार्यले अत्याधिक जनताको चापले फोरोमा वृद्धि हुनुले पनि नयाँ ब्यवस्था गर्नु परेको बताए । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रि व्यक्तित्व तथा पर्यटकहरुको पनि यसै मार्गबाट आवागमन हुने भएकाले यस क्षेत्रको साफाईमा ध्यान दिनु पर्ने जरुरी रहेको अध्यक्ष कार्कीले बताए ।

वडा सचिब गोरख बहादुर नेपालीले यस उप–महानगरपालीकामा रहेका २४ वडा मध्ये विद्युतिय लोडर प्रयोगमा ल्याउने २० वडा मनिकापुर पहिलो भएको जानकारी दिए । सचिब विकले बढ्दो सहरीकरणका कारण प्रदुषण नियन्त्रणमा विद्युतिय सहवारी नै उपयुक्त हुने भएकाले सोको प्रयोग गरेको जानकारी दिए । त्यसैगरी कार्यालय सहायक पदमबहादुर कार्कीले जनता दिनप्रतिदिन प्रदुषणबाट प्रभावित भएकोले कार्यालयले गरेको निर्णयले सबैलाई हौशला बढाएको बताए राखे ।

प्रतिकृया दिनुहोस्