News Portal

  • सागको खेल तालिका सार्वजनिक

    २९४ पटक

    काठमाडौं । यही मंसिर १५ गतेदेखि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को खेल तालिका सार्वजनिक भएको छ ।

    पछिल्लो तालिका अनुसार आयोजक नेपालले मात्रै सबै २७ खेलमा सहभागिता जनाउँदैछ । बंगलादेश र श्रीलंकाले २५-२५ खेलमा सहभागिता जनाउँदा भारतले यस पटक १७ वटा खेलमा मात्रै सहभागिता जनाउने निश्चित गरेको छ ।

    नेपालले पदकको आशा गरेको कराँते, तेक्वान्दो लगायत कबड्डी, आर्चरी, गल्फ, टेबल टेनिस, लनटेनिस, क्रिकेट जस्ता खेलहरुबाट भारतले हात झिकेको हो । सागमा पाकिस्तानले १८ र भुटानले १४ खेलमा सहभागिता जनाउने भएको छ ।

    माल्दिभ्सले सबैभन्दा कम ११ खेलमा मात्रै सहभागिता जनाउने निश्चित गरेको छ । यसैबिच नेपालले पदकको आशा गरेको पाराग्लाईडिङ खेल सागमा नहुने संभावना बढेको छ । सागमा कुनै पनि खेल समावेश गर्न कम्तिमा ४ देशले सहभागिता जनाउनुपर्ने भएकोले पाराग्लाईडिङ नहुने संभावना बढेको हो ।

    पाराग्लाईडिङमा हालसम्म नेपालले मात्रै नाम दर्ता गराएको छ । यसै गरी ट्रायथ्लन खेल पनि नहुने संभावना छ ।

    प्रतिकृया दिनुहोस्