News Portal

  • लहानमा बहुला स्यालको टोकाइबाट १६ जना घाइते

    २४२ पटक

    लहान । सिरहाको लहान नगरपालिका-४ स्थित कुमहार टोलमा स्यालको टोकाइबाट १६ जना घाइते भएका छन् ।

    बहुला स्याल बस्तीमा प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलातर्फबाट मङ्लबार साँझ अचानक गाउँ पसेको बहुला स्यालले जथाभावी टोक्न थालेपछि स्थानीयवासी आतङ्कित बनेका थिए ।

    स्यालको टोकाइबाट स्थानीय ७० वर्षिय रामबालक पण्डित, ४५ वर्षिय सोनाइ मेस्तर, ५ वर्षिय मो रेहान, गुलाबदेवी महतो, सञ्जुदेवी महतो, प्रदीप महतो, सुरजकुमार दास, नन्दनी मेहतर, रविनाकुमारी मेहतर, सञ्जीवकुमार दासलगायतका घाइते भएका इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

    बस्तीमा स्याल पसेको सूचना पाए लगत्तै खटिएको प्रहरी टोली र स्थानीयवासीले स्याललाई धपाएका थिए ।

    प्रतिकृया दिनुहोस्