News Portal

  • बाघको आक्रमणबाट २२ वर्षदेखि कार्यरत निकुञ्‍जकै माहुतेको मृत्यु

    ४४५ पटक

    बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट निकुञ्जकै हात्तीसारमा कार्यरत माहुतेको मृत्यु भएको छ ।

    ठाकुरबाबा नगरपालिका-७ मोहनपुर घर भएका ४२ वर्षिय मङ्गरु थारुको मृत्यु भएको हो । निकुञ्जभित्रको गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका उनलाई बाघले आक्रमण गरेको थियो ।

    बाघको आक्रमणमा परी उनको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्ज प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले बताए । उनी २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रुपमा कार्यरत थिए ।

    हात्ती लिएर जङ्गल गएका उनी हात्तीबाट ओर्लिएर खर काट्न थाल्दा एक्कासि बाघले आक्रमण गरेर सय मिटर टाढासम्म घिसारेर लगेको थियो । निकुञ्जको हात्तीसहितको टोलीले हल्लाखल्ला गर्दै उनको खोजी गरेपछि बाघ भागेको थियो ।

    प्रतिकृया दिनुहोस्