News Portal

  • आफताव आलमको बयान भोलि हुने

    १९६ पटक

    काठमाडौं । पूर्व मन्त्री एवं सांसद आफताव आलमको रौतहट जिल्ला अदालतमा मंगलबार बयान नसकिएपछि बुधबार हुने भएको छ ।

    उनका कानुन व्यवसायी अनन्त अधिकारीले अभियोगपत्रसहित पेश भएको मिसिल ८ सय १८ पृष्ठका भएकाले बयान सकिन समय लाग्ने बताइएको छ ।

    रौतहटका सरकारी वकिल खडिन्द्रराज कट्वालले बयानमा केही ढिलाइ भएकाले मंगलबार ९ वटा प्रश्नको जवाफ मात्र सकिएको बताए । ‘तथ्यमा प्रवेश गरेर बयान भइसकेको छैन,’ उनले भने, ‘मिसिल धेरै पृष्ठको भएकाले बयानमा बढी समय लाग्ने अवस्था छ ।’

    उनको बयान हुने भएपछि रौतहट सदरमुकामको सुरक्षा व्यवस्था कडा बनाइएको छ । गौर प्रवेश गर्ने नाकामा सुरक्षाकर्मीको गस्ती बाक्लो थियो । गौर प्रवेश गर्नेको झोलासमेत सुरक्षाकर्मीले जाँच गरेका थिए । अदालत आसपास अनावश्यक व्यक्तिलाई जान दिइएको थिएन ।

    प्रतिकृया दिनुहोस्