झापा । गौरीगञ्ज गाउँपालिकाबाट २ जना गाँजासहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ५७ वर्षिय देव नारायण महतो र गौरीगञ्ज ४ का ५० वर्षिय बुदलाल राजवंशीले रहेका छन् ।
घरबाट नै गाँजाको बेचबिखन गर्ने गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरीको टोलीले दुवैजनालाई घरबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका महतोको घरबाट प्रहरीले ५ सय ग्राम गाँजा र नगद १ हजार ३ सय ५० बरामद गरेको छ भने राजवंशीको घरबाट २ किलो १२५ ग्राम गाँजा तथा नगद ६ सय बरामद गरेको छ । पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
