News Portal

  • बग्दादीकी दिदी टर्कीमा पक्राउ

    २०३ पटक

    काठमाडौं । टर्कीले इस्लामिक अतिवादी समूह ‘आइएस’का पूर्वप्रमुख अबु बकर अल-बग्दादीकी दिदीलाई पक्राउ गरेको जनाएको छ ।

    उत्तरी सिरियाको अजाज नगरनजिकैबाट सोमबार बग्दादीकी ६५ वर्षिय दिदी रस्मिया अवादलाई पक्राउ गरिएको टर्कीका अधिकारीहरूले जनाएका छन् ।

    अवादबाट थुप्रै सूचना प्राप्त हुनसक्ने विश्वास लिइएको छ । उनी अजाज नगरमा आफ्ना पति र परिवारका अरु सदस्यसहित बस्दै आएको बताइएको छ । ‘द न्यूयोर्क टाइम्स’का अनुसार बग्दादीका ५ दाजु-भाइ र धेरै दिदी-बहिनी भए पनि उनीहरू सबै जीवित रहे वा नरहेको स्पष्ट भने छैन ।

    गएको अक्टोबर २६ मा अमेरिकी सेनाका कमान्डोले उत्तरी सिरियामा गरेको कारबाहीमा बग्दादी मारिएका थिए । बग्दादी विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति ठानिन्थे ।

    प्रतिकृया दिनुहोस्