News Portal

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय पोषण सेवा विस्तार अभियान

४९८ पटक

काठमाडौं । नेपालमा पहिलो पटक पोषण सेवा विस्तार अभियान शुरु गरिएको छ ।

पहिलो अन्तर्राष्ट्रिय सम्मेलन राष्ट्रिय योजना आयोगको आयोजनामा राजधानीमा सम्मेलनमा शुरू भएको हो ।

पप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कार्यक्रम उदघाटन गर्दै नेपाली नागरिकलाई भोकमरी र कुपोषणबाट संरक्षण गरेको बताए ।

स्थानीय उत्पादनलाई पहुँच र पोषणयुक्त बनाउने लक्ष्य राखेको प्रतिवद्धता पनि व्यक्त गरेका छन् । अभियानमा विश्वका ६१ मुलुकका सदस्यहरु मध्ये १ हजार २ सय प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

संयुक्त राष्ट्रयसंघको संयोजकत्वमा विश्वभरका नागरिकहरुलाई पोषणका माध्यमबाट स्वस्थ राख्ने अभिप्रायले पोषण सेवाको विस्तार अभियान कार्यान्वयनमा आएको हो । प्रत्येक दुई वर्षमा गरिने सम्मेलन मंसिर १८ देखि २१ गतेसम्म चल्ने छ ।

प्रतिकृया दिनुहोस्