News Portal

  • कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

    १७७ पटक

    काठमाडौं । संघीय संसद, अर्थ समितिको बैठक स्थगित भएको छ ।

    कोरम नपुगेपछि आज (मंगलबार) सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।

    बैठक कक्षमा राजस्व सचिव शिशिरकुमार ढुंगाना र समितिका केही सदस्यहरु भने उपस्थित थिए । बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूचि तय गरिएको थियो ।

    समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक आगामी कार्तिक २८ गते बस्ने गरी स्थगित गरिएको छ । कार्तिक २८ गते बिहीबार बिहान ११ बजे बैठक बस्ने गरी स्थगित गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।

    बैठकमा समितिका सदस्यहरु सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्रीसहितका केही सदस्यहरु मात्रै उपस्थित रहेका थिए ।

    प्रतिकृया दिनुहोस्